Latest News

प्रधानमन्त्रीका स्वकीय सचिवको नातेदारलाई नियुक्ति, जेनजी फ्रन्टले माग्यो जवाफ

Nepalese Times November 24, 2025 (1 Day ago)    23 Views

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले जवाफ मागेको छ ।

प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गरी उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग फ्रन्टले प्रधानमन्त्री समक्ष राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् ।

नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस