Latest News

विद्या भण्डारीको घरमा आगो लगाएको आरोपमा पक्राउ परेका थेवे ओलीको कार्यकर्ता

Nepalese Times October 21, 2025 (16 Hour ago)    18 Views

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको काठमाडौँको भंगालस्थित घरमा आगो लगाउने तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता पक्राउ परेका छन । पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने राष्ट्रिय युवा संघका नेता सोनम थेवे रहेका छन ।

युवा संघ एमालेका अध्यक्ष ओलीले सिधै चलाउने संगठन हो । ओली अहिले संघकै सुरक्षा व्यवस्थापनमा भक्तपुरको गुण्डुमा बस्दै आउनुभएको छ । पक्राउ परेका थेवे विगतमा पनि विभिन्न अवस्थामा प्रहरी हिरासतमा पुग्ने र एमाले र युवासंघकै नेताहरूले जिम्मा लिएर आउने गरेका परिचित पात्र हुन । उनस् पछिल्लो समय एमालेका युवा नेता मिलन गुरूङ ९चक्रे मिलन०को समूहमा क्रियाशिल छन । युवा संघका चक्रेका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस