Latest News

प्रदेश प्रतिष्ठानको विज्ञप्तिपछि पनि महेश बस्नेतको धम्कीपूर्ण म्यासेज

Nepalese Times September 20, 2025 (2 Week ago)    1471 Views

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिले नेप्लिज टाइम्स डटकमका प्रधानसम्पादक टेकमान शाक्यलाई आएको ज्यानमार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति प्रकाशित गरेको छ ।

समाचारमा आएका विषय गलत र नियनवस नियतबस आएका हुन् भने त्यसलाई सच्याउने तथा प्रकाशक,सम्पादक र संवाददातालाई दण्डित गर्ने कानुनी  उपचार र निकायहरु हुँदाहुँदै ज्यानमार्ने धम्की दिनु लोकतान्त्रिक समाज र हाम्रो सभ्यताकै विरुद्मा रहेको विज्ञप्तिमा भनिएको छ ।

प्रदेश प्रतिष्ठानले एमाले नेता महेश बस्नेतलाई वास्तविकता सार्वजनिक गरी  त्यस्ता व्यक्तिको पहिचानमा सघाउन आग्रह गरेको छ । यस्तै पत्रकार शाक्यको सुरक्षाप्रति चनाखो भई आपराधिक चरित्रका त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारसँग प्रतिष्ठानको माग छ ।

तर प्रतिष्ठानले विज्ञप्ति जारी गरेर दोषी उपर कारबाहीकाे माग गरिसकेपछि पनि एमाले नेता बस्नेतको धम्की भने रोकिएको छैन । शुक्रबार साँझ विज्ञप्ति जारी भएको केही समयपछि बस्नेतले पत्रकार शाक्यको मोबाईलमा  ‘सुरक्षित रहनु, सुखी रहनु, कुनै दुर्घटना नपरोस्’ भन्दै धम्कीपूर्ण म्यासेज पठाएका छन् ।

उनले भनेका छन्, ‘धेरै कल रेकर्ड गर्न तयार भएर बस बाबु,  सुरक्षित रहनु, सुखी रहनु, कुनै दुर्घटना नहोस् ।

नेप्लिज टाइम्स डटकमका प्रधानसम्पादक टेकमान शाक्यलाई नेकपा एमालेका नेता बस्नेतले शुक्रबार बिहान धम्की दिएका थिए । उनले आफूले पनि अन्तर्वार्ता दिन पाउनुपर्ने भन्दै शाक्यलाई सुरक्षा चुनौती दिएको अडिओमा सुन्न सकिन्छ । अन्तर्वार्ताको बहानामा बोलाएर भौतिक आक्रमणसम्मको तयारी उनीहरु देखिन्छ ।

महेश बस्नेतको यो धम्की आएको केही घण्टापछि अर्का एक अपरिचित व्यक्तिले महेश बस्नेतको नाम लिँदै ज्यान मार्ने धम्की दिएका थिए । आफूलाई महेश बस्नेतको मान्छे हुँ भन्दै  ज्यान लिनका लागि २०-२२ जना मान्छेहरु खटाएको भन्दै ९८४१०७५३७६ नम्बरबाट शाक्यको मोबाईल नम्बरमा ज्यान मार्ने धम्की आएको थियो । पत्रकार शाक्यले उनको परिचय माग्दा उनले परिाचय भने दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस