काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी दिएको जाहेरीको आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् । धामीले आफूमाथि ऐन महरले बलात्कार गरेको भन्दै कानुनी लडाईमा रहेकी छिन् ।