Latest News

नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित

Nepalese Times April 29, 2025 (10 Hour ago)    19 Views

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको थियो । तर तत्कालका लागि स्थगित भएको प्राधिकरण स्रोतले बतायो ।

प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी कर्मचारीहरूमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस