Latest News

ईन्दिराको उपसभामुख पद जोगाउन रविको हारगुहार, ओलीसँग गोप्य भेट

Nepalese Times September 11, 2024 (1 Week ago)    206 Views

काठमाडौं । उपसभामुख ईन्दिरा रानामगरलाई हटाउन नेकपा एमाले र नेपाली कांग्रेस मैदानमा उत्रिएपछि प्रतिपक्षी कित्तामा रहेका दलहरु तनावमा परेका छन् । संंवैधानिक परिषदमा बहुमत पुर्याउनका लागि उपसभामुख रानामगरलाई जसरी पनि हटाउने लाईनमा एमाले र कांग्रेस रहेका छन् । यो कदमलाई जसरी हुन्छ रोक्ने रणनीतिमा प्रतिपक्षी कित्तामा रहेकाहरुको जोडबल छ ।

यस्तोमा रानामगरको उपसभामुख पद जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टीले दौडधुप सुरु गरेको छ । जसअनुसार सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीसँगको भेटमा रविले जसरी हुन्छ ईन्दिरा रानामगरको उपसभामुख पद जोगाईदिन हारगुहार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस