Latest News

पशुपति कोटीहोममा ‘महाठग’ महाराजको गम्भीर बदमासी, १५ वर्षसम्म जेल सजाय हुनसक्ने (भिडिओसहित)

Nepalese Times August 21, 2024 (1 Month ago)    321 Views

काठमाडौं । पशुपतिमा साउन महिनाभर चलेको १ महिने कोटिहोमका क्रममा कैलाश ठाँडामा खाडल गन्ने क्रममा एउटा गम्भीर बदमासी गरिएको भेटिएको छ । कोटि हवनका लागि भन्दै कैलाश ठाँडामा खनिएको खाल्डोमा प्राचिन संरचनाको क्षति पुगेको प्रमाण भेटिएको हो । अनधिकृत रुपमा प्राचिन संरचनालाई नै असर गर्नेगरी खाडल खनिएको भन्दै पुरातत्व विभागलेसमेत गएको असार २ गते ७ दिनभित्र जवाफ दिन भन्दै पत्र नै लेखेको थियो ।

तर अहिलेसम्म त्यो पत्रको जवाफ आएको छैन । त्यसपछि पुरातत्व विभागले पनि कुनै तदारुकता देखाएको छैन । सार्वजनिक भएको प्रमणलाई टेकेर कारबाही प्रक्रिया अघि बढाउने हो भने, प्राचिन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ को ‘क’ अनुसार १५ वर्षसम्म कैद सजाय हुन सक्छ । भिडिओमा हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस