Latest News

ओलम्पिकमा स्वर्णपदक जितेका नदीमलाई ससुराले दिए भैँसी उपहार

Nepalese Times August 12, 2024 (2 Month ago)    513 Views

काठमाडौं । पाकिस्तानका ओलम्पिक स्वर्ण पदक विजेता अरशद नदीमलाई नगद पुरस्कार र अन्य बहुमूल्य पुरस्कारको वर्षा भइरहेको छ ।तर, उनका ससुरा ससुरा मुहम्मद नवाजले भने एउटा भैँसी उपहार दिएका छन् । गाउँघरतिर उपहारमा भैँसी दिने परम्परा रहेको उनी बताउँछन् ।

नदीमले पेरिसमा भएको ओलम्पिक खेलकुदको कीर्तिमान ९२.९७ मिटर टाढा भाला थ्रो गर्दै स्वर्ण जितेका थिए । ‘नदीम आफ्नो कर्ममा गर्व गर्दछ र सफलताको बावजुद उसको घर अझै पनि गाउँमा छ र उनी अझै पनि आफ्ना आमाबाबु र भाइहरूसँग बस्छन्,’ नवाजले भने । नवाजका चार छोरा र तीन छोरी थिए । कान्छी छोरी आयशाको विवाह नदीमसँग भएको थियो ।

प्रतिक्रिया दिनुहोस