Latest News

प्रदर्शनकारीले शेख हसिनाको साडीदेखि कुखुरा र खसीबोका यसरी लुटे (भिडिओसहित)

Nepalese Times August 6, 2024 (2 Month ago)    233 Views

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट भागेपछि उनको सरकारी निवासमा पसेका प्रदर्शनकारीले सबैथोक लुटेका छन् । उनीहरूले हसिनाको सरकारी निवासबाट उनको साडीसमेत लगेका छन् । सरकारी निवासबाट कपडा, पंखा, माछादेखि अरु सबै सामान लगिएको हो ।

बंगलादेशमा सोमबार ४ लाख प्रदर्शनकारी प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै सडकमा उत्रिएका थिए । दिउँसो हुँदै जाँदा हसिनाले राजीनामा दिइन् । आइतबार ९३ प्रदर्शनकारी मारिएपछि सोमबार प्रदर्शन झन् ठूलो भएको थियो । त्यसपछि हसिनाले राजीनामा दिएर भारततिर लागिन् ।

समाचारअुनसार शेख हसिनाले सोमबार देश छाड्नुअघि सम्बोधन गर्न चाहेकी थिइन् । तर सेनाले उनलाई ४५ मिनेटमा देश छाड्न समय दिएको थियो । उनले त्यहीकारण उनले देश छाड्नुअघि सम्बोधन रेकर्ड गर्न पाइनन् । अहिले उनी भारतमा छिन् । सोमबारसम्म रहेको प्रधानमन्त्रीको निवासको गेट फुटाएर प्रदर्शनकारी पसेका थिए । जहाँ लुट मच्चियो । हसिनाको साडीसम्म लगेका एक प्रदर्शनकारीले आफैं पहिरिए ।

प्रतिक्रिया दिनुहोस