Latest News

जहाज दुर्घटनाबारे सौर्य एअरलाइन्सका पाइलट मनिषलाई मिडियामा किन बोल्न दिइएन ?

Nepalese Times August 1, 2024 (4 Month ago)    334 Views

काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्य डिस्चार्जको तयारीमा रहेका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको केएमसी अस्पतालले जनाएको छ ।

अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो ।

टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा। मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको जानकारी दिइन् ।

‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ ।’ उनले भनिन् । तत्कालै काममा फर्किन सक्ने अवस्था भने नरहेको उनले जानकारी गराइन् ।

दुर्घटनाका विषयमा क्याप्टेनसँग धेरै कुरा नगरेको उनको भनाइ छ । नागरिक उड्डयन प्राधिकरणले शाक्यलाई दुर्घटनाका बारेमा तत्काल बाहिर नबोल्न निर्देशन दिएको बताइएको छ ।

‘केही माथि पुगेपछि कन्ट्रोल गर्नै सकिएन भनेर भन्नुभएको थियो, हामीले दुर्घटनाका सम्बन्धमा धेरै खोतलेनौँ । जति धेरै घटनाको सम्झना हुन्छ स्ट्रेस बढ्दै जान्छ भनेर पनि हामीले सोध्नुहुँदैन । आयोगले छानबिन गरिरहेकाले हामीले कुरा गरिरहन परेन ।’ थापाले त्यसप्रति इंकित गर्दै भनिन् ।

प्रतिक्रिया दिनुहोस