Latest News

रवि लामिछानेमाथि कैलाश सिरोहियाका छोराले लगाए गम्भीर आरोप (भिडिओसहित)

Nepalese Times June 7, 2024 (1 Year ago)    778 Views

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको समाचार लुकाइदिनका लागि गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन्।

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले दाबी गरेका हुन्। शुक्रबार सामाजिक सञ्जालमामार्फत एक भिडियो जारी गर्दै उनले यस्तो भनेका हुन् ।

पूरा भिडिओ हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस