Latest News

भरतपुर महानगर लागि सत्तागठबन्धनको प्रतिवद्धता पत्र सार्वजनिक, के- के समेटिए ? (पूर्णपाठ)

Nepalese Times May 3, 2022 (2 Year ago)    670 Views

सत्तागठबन्धनले चितवनको भरतपुर महानगरपालिकाको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। यहाँ पाँचदलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाल मेयर र नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन्।

उनीहरूले आज ‘लोकतान्त्रिक-वाम गठबन्धन भरतपुर महानगर समितिको प्रतिवद्धता पत्र’ सार्वजनिक गरेका हुन्।प्रतिवद्धता पत्रमा भरतपुर महानगरभित्र विकासका योजनादेखि किसानलाई पेन्सन दिनेजस्ता कार्यक्रम समावेश गरिएका छन्।

प्रतिवद्धता पत्रमा ‘भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प, एसियाकै नमूना महानगर हाम्रो साझा संकल्प’ भन्ने नारासमेत समावेश छ।

उनीहरूले सुरक्षा र सम्मानको प्रत्याभूति गर्ने, भूमिहीनका लागि घरको व्यवस्था, एक वडा एक उत्पादन, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र नि:शुल्क इन्टरनेट व्यवस्था गर्नेजस्ता एजेन्डा पनि प्रतिवद्धता पत्रमा समावेश गरेका छन्।

‘केन्द्र र प्रदेशसँग समन्वय गरी भरतपुरलाई एसियाकै नमूना सहर बनाउन सबै नगरवासीले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ प्रतिवद्धता पत्रमा उल्लेख छ।

यस्तो छ प्रतिबद्धता पत्र:

प्रतिक्रिया दिनुहोस