Latest News

कांग्रेस नेता गोविन्दराज जोशी समूहले एमालेसंग तालमेल गरेर चुनाव लड्ने घोषणा

Nepalese Times April 17, 2022 (2 Year ago)    964 Views

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेसंग तालमेल गरेर साझा उम्मेद्वार बनाउने सहमती भएको छ । जोशी निवास दमौलीमा शनिबार भएकोको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेद्वारी दिने भएको हो ।

छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरि ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति गठन गरिएको छ ।

प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमती भएको छ । तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु भएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिए ।

१९ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित रहेका छन् । उनको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो । ‘एक घर एक रोजगारी’ अभियान सञ्चालन गर्नु भएका नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् ।

नेता जोशी आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव उठ्ने घोषणा गरिसकेका छन् ।

नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् ।

रुष्ट जोशी समुहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुं कांग्रेसलाई ठुलो क्षति हुने देखिएको छ । जोशी समुहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेद्वार बन्नु भएका दीपकराज जोहीलाई एमालेले सघाउने भएको छ । यसगरी अन्य पालिकामा पनि सहमती हुनेछ ।

प्रतिक्रिया दिनुहोस