Latest News

देशको हित चिताउने माओवादी हो भन्दै अरबिन्द्र भट्टराईले ल्याए नयाँ भिडिओ (भिडिओसहित)

Nepalese Times April 7, 2022 (2 Year ago)    2045 Views

काठमाडौं । लोक गायक तथा नेकपा माओवादी केन्द्रको युवा नेता अरबिन्द्र भट्टराईले देशको हित चिताउने माओवादी हो भन्ने चुनावी गीत बजारमा ल्याएका छन ।

घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यस गीतमा शब्द र लय दिएका छन ।

चेतन गोतामे र तुलसी घर्ती मगरको स्वर रहेको यस गीतलाई ओके नेपालद्धारा बजार व्यवस्थापन गरिएको छ ।

माओवादीलाई सांगीतिक रुपमा चौतर्फी ढंगले प्रहार गरिएकाले सत्यता बाहिर ल्याउन आफुले गीत निर्माण गरेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्यसमेत रहेका भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस