जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनसँग असन्तुष्टि जानेका छन्। भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् ।
स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् ।
आइतबार नुवाकोटमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मात्र सहभागितामाथि भट्टराईले सोमबार ट्वीटमार्फत असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्,’ जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न।’
गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गर्न उनको आग्रह छ । ‘कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं!,’ उनले भने।
जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं! pic.twitter.com/RzjW0aKNbX
— Baburam Bhattarai (@brb1954) April 3, 2022