Latest News

अबैध कम्पनीका मालिकसँग संचारमन्त्री खरेलको हिमचिम

Nepalese Times December 27, 2025 (2 Hour ago)    12 Views

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल एक अवैध कम्पनी जोगाउने दौडधुपमा लागिपरेको खुलेको छ ।

५० करोड रुपैयाँभन्दा बढी सरकारी बक्यौता थुप्रिएको र लाईसेन्सको म्यादसमेत सामाप्त भएर अबैध रुपमा सञ्चालन भइरहेको क्लासिक टेकका सञ्चालक प्रमेश खरेल र सञ्चारमन्त्री खरेल काभ्रेको पाँचखालमा बिहीबार सँगै देखिएका छन् ।

अहिलेलाई बक्यौताको निश्चित रकम बुझाएर लाइसेन्स नवीकरण गराउने दाउमा क्लासिक टेकका सञ्चालक प्रमेश खरेल लागिपरेका छन् भने यो योजना सफल बनाउन मैदानमा स्वयं बहालवालाम मन्त्री जगदिश खरेल देखिएका छन् ।

किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिने गृहकार्यमा मन्त्री खरेलले भूमिका खेलिरहेकोमा दूरसञ्चार क्षेत्रका कुनै पनि कम्पनीलाई अहिलेसम्म यो सुविधा दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस