
काठमाडौं । कास्कीको बैदाम प्रहरीले एक व्यवसायीलाई जाहेरी र उजुरी नै नपरेपनि सेटिङमा पक्राउ गरेर हिरासतमा राखेको खुलेको छ ।
पोखरामा वाइ यु के नामक निर्माण कम्पनिमार्फत व्यावसाय गर्दै आएका व्यावसायी युवराज खतिवडालाई वडा प्रहरी कार्यालय बैदामले माथिको आदेश छ भन्दै पक्राउ गरेर हिरासतमा राखेको खुलेको हो ।
खतिवडालाई केही दिन अघि माओवादी निकट केही व्यक्तिहरुले माटो पुर्ने ठेक्कामा ५० प्रतिशत बागबण्डा माग गरेका थिए । तर, उनले कसैलाई पनि भागबण्डा नदिने बताएपछि सो समुहले खतिवडालाई पक्राउ गरेर थुनाउने धम्की दिएका थिए । कुनै जाहेरी वा उजुरी बिनै उनलाई थुनामा राखेपछि सो गिरोहको सुनियोजित योजनामा प्रहरीको शक्ति दुरुपयोग भएको आशंकालाई बल पुगेको छ ।
खतिवडाले प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरेको बैदाम प्रहरीका डिएसपी नवराज भट्टराईले बताएका छन् ।
तर, प्रत्यक्षदर्शीका अनुसार वैदाम प्रहरीको ईन्सपेक्टरको नेतृत्वमा उनलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनी आफ्नै गाडीमा प्रहरी कार्यालय पुगेका थिए । छलफलका लागि भनेर बोलाएपछि उनी आफै पुगेपनि प्रहरीले अभद्र व्यवहारको झूटो मुद्दा लगाएको छ भने जरुरी पक्राउ पुर्जी दिएर उनलाई थुनामा राखिएको छ ।
