
नेकपा एमालेको अनुसासन आयोगको नेतृत्व भ्रष्टाचारी ठहरिएका व्यक्तिको हातमा पुगेको छ । अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका भरतराज पहारी नेकपा एमालेको केन्द्रीय अनुसासन आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
पुल्चोक इन्जिनियरीङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा बिशेष अदालतले २०७५ सालमा उनलाई दोषी ठहर गरी १० महिना कैद र ९८ लाख जरिवानाको सजाय सुनाएको थियो ।

