Latest News

अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेल एमाले केन्द्रीय सदस्यको उम्मेदवार

Nepalese Times December 14, 2025 (8 Hour ago)    28 Views

काठमाडौं । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रकाश पौडेलले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । म्याग्दीका पौडेल जुझारू युवाका रूपमा चिनिन्छन् । गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशि पौडेलले ७ मतले चुनाव हारेका थिए ।

अनेरास्ववियुको महाधिवेशनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार सुजन कडरियालाई घोषणा गरिएको थियो । पौडेलले चुनौती दिदै मैदानमा उत्रिएका थिए ।

अनेरास्ववियुको स्कुल कमिटीदेखी क्याम्पस जिल्ला प्रदेश हुँदै केन्द्रीय सचिव र प्रबक्ता जिम्मेवारी निभाएका पौडेल धौलागिरी अञ्चलमा केपी वलिको विद्यार्थीको विचार समुह एक्लै स्थापित गरेका थिए । अन्त्यमा उनले केपि समुहबाटै धोका पाएका थिए ।

११ औँ राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएमा जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरू जोडदार रूपमा उठाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस