Latest News

९७ लाख ठगी गरेको आरोपमा प्रचण्डका घरबेटी शारदा अधिकारी फरार

Nepalese Times November 14, 2025 (2 Hour ago)    4 Views

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा हालै बनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको खुमलटारस्थित निवासको घरबेटी रहेका शारदा प्रसाद अधिकारी ‘फरार’ भएका छन् ।

उनी विरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएपछि लामो समयदेखि उनी फरार भएका हुन् । उनलाई जगदम्बा स्टिल्स कम्पनिका प्रतिनिधि विजय तिमल्सेनाले बैंकिङ कसुरको जाहेरी दिएका हुन् ।

शारदाको स्वामित्वमा रहेको सिपेल शैलुङ जेभी नामक कम्पनिले जगदम्बा स्टिल्सबाट खरिद गरिएको स्टिल्स लगायत निर्माणजन्य सामग्री बापतको ९७ लाख १३ हजार ८ सय ४५ रुपैयाँ रकम नतिरेको र पटक पटक गरि ५० लाख ८ हजार ९ सय ४९ रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो ।

२०८१ साउन १७ गतेको मिटिमा साट्नु भनि दिएका चेकहरु नसाटिएपछि पीडित कम्पनिका तर्फबाट चेक बाउन्सगरि मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालय काठमाडौंले उनी विरुद्धको अभियोग पत्र अदालतमा बुझाएको छ । अधिकारी अदालतको फरार सुचीमा छन् ।

तत्कालिन माओवादी अध्यक्ष बस्दै आएको खुमलटारस्थित निवास जेनजी आन्दोलनका क्रममा जलेको छ । प्रचण्ड अहिले नयाँ पार्टीसँगै नयाँ निवासमा सरेका छन् ।

पीडित तिमल्सेनाले आफू आवद्ध कम्पनिलाई प्रचण्डकै घरबेटीले दिएको चेक बाउन्स भएपछि जाहेरी दिएको र अभियोग पत्र दर्ता भएको स्विकार गरे ।

प्रतिक्रिया दिनुहोस