Latest News

रुपन्देही–३ मा रेशम चौधरीले स्वतन्त्र उम्मेदवार उठाउँदै

Nepalese Times August 19, 2025 (5 Month ago)    281 Views

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्।

आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन। त्यसपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका छन्।

आन्तरिक विवादको दलदलमा परेको नाउपा उपनिर्वाचनका लागि दलका रूपमा मान्यता पाउन अयोग्य रहेको निर्वाचन आयोगले बताएको थियो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएका बेला नाउपाको कार्यसमिति विवाद थियो।

प्रतिक्रिया दिनुहोस