Latest News

मुख्यमन्त्री लामाले दिए राजीनामा

Nepalese Times August 3, 2025 (2 Month ago)    174 Views

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामाले राजीनामा घोषणा गरेका हुन् ।

राजीनामासँगै आफ्नो मुख्यमन्त्री कार्यालयको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए। लामा ९ साउन २०८१ मा कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए।

राजीनामा दिँदै उनले कांग्रस सभापति शेरबहादुर देउवाको निर्देशन मानेको बताएका थिए। बुधबार संसदीय दलको नेतामा इन्द्र बानियाँसँग हारेपछि लामाले देउवासँग सल्लाह गरेका थिए। संसदीय दलमा हारेपछि देउवाले पनि उनलाई राजीनामा दिन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस