Latest News

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल पराजित

Nepalese Times July 21, 2025 (4 Hour ago)    5 Views

काठमाडौं । बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपाललाई ४–० गोल ले पराजित गर्दै घरेलु टोलीले च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।

बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको ८औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् । उनैले खेलको ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै टोलीमा च्याम्पियन बनाइन् ।

प्रतिक्रिया दिनुहोस