Latest News

च्यासलमा ओली र विद्याको २ घण्टा वान टु वान वार्ता, के–के भयो कुराकानी ?

Nepalese Times July 20, 2025 (3 Hour ago)    10 Views

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच २ घण्टा वार्ता भएको छ । भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिबारे बहस चलिरहेका बेला भेट भएको हो।

भेटवार्ता सकारात्मक भएको र दुवै नेताको बडिल्याङ्ग्वेज पनि सकारात्मक रहेको बताइएको छ। काठमाडौैं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ ।

पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल भएको हो ।

भेटपछि पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् । भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् । उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट हुने समेत बताइन् ।

पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आज ओली र भण्डारीबिच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस