Latest News

पीडितलाई २ लाखको प्रलोभन, अटेरी गरे घरमा आगो लगाएर ज्यान लिने आलमको धम्की ! (भिडिओ)

Nepalese Times July 11, 2025 (1 Month ago)    380 Views

काठमाडौं ।  रौतहट बम काण्डमा उच्च अदालतबाट सफाई पाएका मोहम्मद अफताव आलमले घटना मिलाउनका लागि पीडित पक्षालाई सुरुमा २ लाख रुपैयाँको प्रलोभन देखाएको खुलासा भएको छ ।

मोहम्मद आलमले पीडित पक्षलाई २ लाख रुपैयाँ दिन खोजेको तर पीडितले १० लाख रुपैयाँ मागेको जिल्ला प्रहरी कार्यलय रौतहट गौरका तत्कालीन एसपी लक्षमण न्यौपानेको भनाई उदृत गर्दै अनौपचारिक क्षेत्र शेवा केन्द्र ईन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै आलमले मोहम्मद ओसि अख्तरकी आमा रुक्साना खातुनलाई खेत र २ लाख ५० हजार रुपैयाँ बुझेर चुपचाप बस्न दबाब दिएको खुलेको छ । आलमले आफूबाट गल्ती भएकाेले खेत र २ लाख ५० हजार रुपैयाँ बुझेर चुपचाप बसिदिन भनेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

यदि खेत र २ लाख ५० हजार रुपैयाँ नबुझी काठमाडौं जाने हाे भने घरमा आगो लगाईदिने र मार्ने धम्की दिएका थिए । इन्सेकले यो प्रकरणको प्रतिवेदन २०६५ साल वैशाख २४ गते सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस