Latest News

रामहरि खतिवडाको ३२ वर्षअघिको ठगीकाण्ड: प्रतिव्यक्ति ५ लाखमा जापानको भिसा ! (भिडिओ)

Nepalese Times July 4, 2025 (5 Hour ago)    200 Views

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा ३२ वर्षअघि नै ठगी काण्डमा पक्राउ परेर  जेल बसेर बाहिर निस्किएको खुलासा भएको छ । २०५० साल चैत २९ गते प्रकाशित गोरखापत्र दैनिकमा खतिवडा ठगी काण्डमा पक्राउ परेको र उनी मुख्य अभियुक्त रहेको समाचार प्रकाशित भएको छ ।

समाचारमा जनाईए अनुसार त्यसबेला कीर्ते कागजात खडा गरी जापानी भिसा प्राप्त गर्न खोजेको अभियोगमा विशेष प्रहरी विभागले ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये मुख्य अभियुक्त थिए ओखलढु‌ंगाका रामहरी खतिवडा । उनी त्यतिबेला आवास तथा भौतिक योजना मन्त्रीका नीजि सचिवसमेत भइसकेका थिए ।

त्यतिबेला उनीसहित दाङका कुमुद शर्मा र ओखलढुंगाका कैलाश बास्कोटा पनि पक्राउ परेका थिए । रामहरी खतिवडासिहतका अभियुक्तले त्यतिबेला भिसा प्राप्त गरेर जापान पठाएबापत प्रतिव्यक्ति ५ लाख रुपैयाँ प्राप्त गर्ने योजना बनाएका थिए । उनी ३ महिना जेलमा बसेपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको शक्ति प्रयोग गरेर बाहिर निस्किरएका थिए भने उनले अबदेखि यस्तो नगर्ने भन्दै माफी मागेका थिए । यो प्रकरणमा आफूले सफाई पाईसकेकोले बहस गर्नु नै बेकार रहेको खतिवडाले नेप्लिज टाइम्सलाई प्रतिक्रिया दिएका छन् । आफूले सफाइ पाएर नै चुनावमा होमिएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस