धादिङ । ज्वालामूखी गाउँपालिकामा भएको भनिएको अर्थिक अनियमितताबारे तत्काल आवश्यक छानविन गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ । माओवादी केन्द्रको पालिका कमिटिका अध्यक्ष सुब्बा रम्तेल र ईन्चार्ज लक्ष्मी थापामगरले विज्ञप्ति निकालेर गाउँपालिकाभित्र भएको भनिएको आर्थिक अनियमितताबारे तत्काल छानविन गर्न माग गरेका हुन् ।
उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, – ‘ज्वालामूखी गाउँपालिकाभित्र भएको बेथिति र भ्रष्टाचारबारे नेप्लिज टाईम्समा प्रकाशित शृङ्खलावद्ध समाचारप्रति हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ । महालेखा परीक्षकको प्रतिवेदनको आधारमा प्रकाशित भएको भनिएको समाचारले उठाएका तथ्यहरुमाथि निष्पक्ष छानविन गरी दोषीमाथि कारबाहीको जोडदार माग गर्दछौँ ।’
भ्रष्टाचार, अनियमितता र बेथितिमा संलग्न जोकोहीलाई पनि भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्नुपर्ने माओवादी केन्द्रको माग छ । पालिकाका प्रमुखसहित अधिकारीबाट अवान्छित गतिविधिहरु भइरहेकोसमेत माओवादी केन्द्र गाउँपार्टी कमिटिले जनाएको छ ।
सम्बन्धित समाचार
समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न
ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)
ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?
ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)
ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति