काठमाडौं । नेकपा एमाले नुवाकोटका अध्यक्ष एवम् पूर्व प्रदेशसभा सदस्य बद्री मैनालीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको साढे १० करोड रुपैयाँ अनुदान रकम लिएको खुलेको छ । अनुदान रकममा हस्ताक्षर भएको समयमा उनी बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भईसकेका थिए ।
कृषि अनुदान हात पारेका मैनाली बागमती प्रदेशको राज्यमन्त्रीसमेत भईसकेका छन् । उनी एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् । शंकर पोखरेल जो प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । सत्ता र शक्तिको चरम दुरुपयोग गरेर उनलले कृषि अनुदान रकम हात पारेको आरोप लाग्दै आईरहेको छ । थप भिडिओमा