Latest News

अन्ततः अमेरिकामा फेरि खुल्यो टिकटक, बन्द गर्ने निर्णय १२ घण्टा पनि टिकेन

Nepalese Times January 20, 2025 (7 Hour ago)    86 Views

काठमाडौं । करिब १२ घण्टा आफ्नो सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो ।

टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईँको धैर्यका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ ।’ यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । तर, आइतबार बिहान, ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए । यसको केही घण्टापछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा थियो । अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस