Latest News

कथित धर्मगुरु भण्डारी सेकुवा खाँदै नाच्दै, परस्त्रीसँग अबैध सम्बन्ध रहेको खुलाशा (भिडिओसहित)

Nepalese Times August 17, 2024 (1 Month ago)    3297 Views

काठमाडौं । पशुपतिनाथ मन्दिरमा भर्खरै मात्रै कोटिहोम गरेर सक्याएका कथित धर्मगुरु विजय भण्डारी उर्फ विजयकृष्ण मुर्ति महाराज परस्त्रीसँग अबैध सम्बन्धमा रहेको खुलेको छ । आफ्नी श्रीमती सुलोचना भण्डारी र छोरालाई अलपत्र बनाएर उनले अहिले राई थरकी एक युवतीसँग अबैध सम्बन्धमा बस्दै आएका छन् । उनीहरु अहिले ललितपुरको हात्तिवनमा एउटा फ्ल्याट किनेर बस्दै आएका छन् । भण्डारीले अधिकांश कम्पनि समेत उनै राई थरकी महिलाको नाममा राखेको सूचना प्राप्त भएको छ । काठमाडौंमा संचालित अवैध म्यानपावर, कन्सल्टेन्सरी, होटल लगायत व्यावसाय तीनै महिला मार्फत गर्ने गरेका छन् । यसबीचमा अरुलाई मासु खानु पाप हो भन्दै हिँड्ने भण्डारी स्वयं भने बाजेको सेकुवामा भेटिने गरेको तथ्य खुलेको छ । बाजेको सेकुवामा सेकुवा पोलिरहेको ठाउँनिर नै भण्डारी नाचिरहेको भिडिओ नै फेला परेको छ । हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस