Latest News

बंगलादेशको अवस्था झन भयावह, अहिलेसम्म कति जना मारिए ?

Nepalese Times August 5, 2024 (1 Year ago)    486 Views

काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच बढ्दो झडपमा मृत्यु हुनेको संख्या ९० पुगेको छ। बंगलादेशमा सरकारी जागिरमा कोटा खारेज गर्न माग गत महिनादेखि विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा दिन माग गरेका छन्। बंगलादेशी प्रहरीका अनुसार सिराजगन्ज जिल्लाको एक प्रहरी चौकीमा भिडले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस