Latest News

पोखरा उडेको बुद्धको जहाज ठूलो दुर्घटनाबाट बच्यो

Nepalese Times August 2, 2024 (2 Month ago)    2014 Views

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौं फकिएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि फर्किएर काठमाडौंमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले बताए ।

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन काठमाडौं नै आएर अवतरण गरेको र यात्रु एवं जहाजमा केही क्षति नभएको उनको भनाई छ ।

४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको उनको भनाई छ । काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन– एएमडीमा बुद्धको जहाज काठमाडौंमा नै फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस