Latest News

देब्रे हात भाँचिएर उपचारमा जाँदा दाहिने हातमा प्लास्टर

Nepalese Times July 17, 2024 (1 Month ago)    691 Views

काठमाडौं । जिल्ला अस्पताल बझाङले देब्रे हात भाँचिएर उपचारमा जाँदा दाहिने हातमा प्लास्टर गरेको छ। जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलका अनुसार यो घटना मंगलबार दिउसो भएको हो। तर बुधबार भने यो विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भाइरल बनेको तस्बिरमा पनि दाहिने हातमा नै प्लास्टर गरिएको देखिएको छ। कुइकेल भने आफूलाई घटना थाहा भएको तर बझाङ कुन स्थानीय तहको नागरिकको हात भाँचिएको थाहा नभएको बताउँछन। उनले ६ वर्षको बालकको देब्रे हात भाचिँएर अप्रेसनको लागि अस्पताल ल्याइए पनि झुक्किएर दाहिने हातमा प्लास्टर गरिएको बताए।

उनको सोमबार नै एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखिएकोले चिकित्कसले शल्यक्रिया गर्नु पर्ने बताएका थिए। सोहि दिन उनलाई हातको प्लास्टर गर्न अर्को कोठामा लगिएको थियो। तर उनको भाँचिएको हातमा प्लास्टर नभई अर्को हातमा भएको थियो।

उनले भने, ‘६ वर्षको बालकको देब्रे हात भाचिँएर अप्रेसनको लागि अस्पताल ल्याइएको थियो, तर झुक्किएर दाहिने हातमा प्लास्टर गरिएछ, त्यहि बेला कसले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेछ। तर उत्तिखेरै मेडिकल टिमले देब्रे हातमा प्लास्टर गरेर अप्रेसन पनि भइसक्यो।’ हात भाँचिएका ७ वर्षीय ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका हुन्। उनको आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेर हात भाँचिएको थियो। त्यसपछि उनलाई उनका दाइले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस