Latest News

बसका चालक र सहचालकको शव भेटियो, यस्तो छ सिमलताल दुर्घटनाको पछिल्लो अपडेट

Nepalese Times July 16, 2024 (1 Month ago)    456 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । दुर्घटना शुक्रबार भएको थियो ।

उनीहरूको शव घट्ना स्थलभन्दा एक सय तीन किलोमिटर तल गण्डक व्यारेज पुलनजिक फेला परेको हो। उनीहरु दुई जनाको शवको सनाखत गरिसकेका छन् । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका थिए । बेपत्ता भएका यात्रुमध्ये नौ जनाको शव पहिचान भएको छ। अझै ४५ यात्रुको अवस्था अज्ञान छ ।

पाँच दिन पहिले त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै अत्तोपत्तो छैन । अहिलेसम्म १७ जनाको शव फेला परेका छन् । आठ जनाको शव पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस