Latest News

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको ज्यान गयो

Nepalese Times April 19, 2024 (1 Year ago)    481 Views

काठमाडौं । बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बाेकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा ३२ जना घाइते भएको पाइएको छ । त्यस्तै गम्भीर घाइते पाँच जनालाई अस्पताल लगिएको छ। दुर्घटना परी मृत्यु भएका घाइतेहरूको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस