Latest News

अभिनेता सलोन र करिश्माको विवाहको मिति तोकियो

Nepalese Times October 8, 2022 (1 Year ago)    1154 Views

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीबीच विवाह हुने भएको छ । उनीहरुको विवाह आगामी मंसिर १२ गते हुने भएको हो । दुबैजना यतिबेला विवाह तयारीमा जुटेका छन् ।

सलोनले सो मितिमा विवाह गर्ने तयारीमा जुटेको पुष्टि गरेका छन् । ‘अहिलेसम्मको कन्फर्म डेट त्यही हो । सोहीअनुसार विवाह गर्दैछौं’ उनले भने । दुबैतर्फको पारिवारिक सहमतिमा विवाहको मिति टुंगो लागेको हो ।

३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चारवर्षदेखि रिलेसनसिपमा छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् । परम्परा अनुसार विवाह गर्ने सलोनको योजना छ । कामको कुरा गर्दा सलोनले अभिनय गर्ने फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस