Latest News

हास्य कलाकार घनश्याम गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक (भिडिओसहित)

Nepalese Times August 5, 2022 (1 Year ago)    1499 Views

काठमाडौं ।

हास्य ब्यङ्गहरुको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य ब्यङ्ग गाईजात्रे झटारो लुटतन्त्र बजारमा ल्याएका छन् ।

लुटतन्त्रमा समसामायिक राजनितिक बिषय बस्तुलाई र नेताहरुको अकर्मण्यता माथी तिखो ब्यङ्ग प्रहार गरिएको छ । डाँडाघरे साइली गीतमा प्यारोडी बनाइएको छ । गितमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् ।

कोचे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लुटतन्त्रमा कलाकारहरु, सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेले, सरिता राजोपाध्याय, गिता थापा, डम्बर घिमिरे, पशुपति दँगाल, बिष्णु रोक्का ,सबिता खड्का, सानू घायल, सुरेन्द्र क्षेत्री ,खगेन्द्र गुरागाई, मनकुमार बिस्वकर्मा र सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन् ।

व्यवस्थापनमा सुरेन्द्र क्षेत्री प्रमुख ब्यवस्थापनमा सानू घायल, मेकअम सुमन सँकर छायङ्कन केशब अधिकारी खत्री निर्माता कोचे मल्टिमिडिया सह निर्माता अभियान साहित्य कलाकार समाज रहेको छ ।

संयोजन कोरियोग्राफर र सम्पादन प्रेम शर्मा पौडेल ले गरेका छन् । लेखन परिकल्पना निर्देशन भने घनश्याम गौतम नक्कली प्रचण्डले गरेका छन् । एउटा प्यारोडी, एउटा लाईभ दोहोरी समाबेश गरिएको उक्त प्रस्तुतिमा भ्रष्टचार ,महँगी, बेथिति र भ्रष्ट नेता मन्त्रिहरुको भन्डाफोर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस