Latest News

ज्ञानेन्द्र शाहीले पनि गरे उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने भए ?

Nepalese Times August 4, 2022 (1 Year ago)    527 Views

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले आउँदो मंसिर ४ गते हुने संसदीय चुनाव अन्तर्गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुने ।

आफूले कहाँबाट उम्मेदवारी दने भन्नेबारेको यहि २३ गते एक कार्यक्रम गरेर घोषणा गर्ने उनले बताएका छन् । सामाजिक संजालमार्फत उनले आफूले नसक्ने कामको बाचा नगर्ने र झुटा बाचाभन्दा वास्तविकतामा विश्वास गर्नेसमेत बताएका छन् ।

ज्ञानेन्द्र शाही मध्यपश्चिमको जुम्लामा जन्मिएका व्यक्ति हुन् । भ्रष्टाचारको खरो बिरोध गर्दै भ्रष्टाचार बिरोधी अभियान्ताको छवि बनाएका ज्ञानेन्द्र शाही ’ हामी नेपाल हामी नेपाली’ का संयोजक थिए । उनले यस अभियानलाई देशव्यापी रूपमा संगठित रुपमा नै खडा गर्दै लगेर पछि राप्रपामा प्रवेश गरे ।

उनले आफुलाई सिए (चार्टर्ड एकाउन्टेन्ट) बताउने गरेका छन् । उनले सिएको पढाई गरेको छिमेकी मुलुक भारतमा हुन्। भ्रष्टाचारको कट्टर बिरोधीको रुपमा परिचित ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने वित्तिकै प्रवक्ताको जिम्मेवारीमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवम् कलाकार रेखा थापाले पनि उम्मेदवारी घोषणा गरेकी छिन् । आसन्न प्रतिनिधिसभा चुनावमा आफूले उम्मेदवारी दिने तयारी गरेको उनले बताएकी छिन् । तर, अहिले नै निर्वाचन क्षेत्रको टुंगो भने लागिनसकेको उनको भनाइ छ । पार्टीले दिएको निर्देशन अनुसार आफूले उम्मेदवारी दिने उनको तयारी छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–२ र काठमाडौं ४ मध्ये कुनै एक निर्वाचन क्षेत्रबाट आफूले उम्मेदवारी दिने प्रतिक्रिया दिएकी छिन् । उनले आफूलाई केहीले जाजरकोटबाट उम्मेदवारी दिन आग्रह गरेकोसमेत खुलाएकी छिन् ।

मुलुकलाई चिनाउने हिन्दु राष्ट्र हुँदा कसैलाई पाप नलाग्ने भन्दै उनले राजाले आफू फर्कन चाहेको र जनताले चाहेको खण्डमा नेपालमा राजतन्त्र फर्कने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस