Latest News

काठमाडौंबाट उड्न लागेको जहाजबाट समातिएका यी व्यक्तिको पहिचान खुल्यो, के हो धन्दा ?

Nepalese Times August 3, 2022 (1 Year ago)    330 Views

काठमाडौं –

काठमाडौंबाट भारत उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको सूचनापछि प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्ने व्यक्ति कैलालीका सन्तोष लामिछाने रहेका प्रहरीले जानकारी दिएको छ।

सुनचाँदी व्यवसायी संघका पदाधिकारीसँगै लामिछाने पनि श्रीमतीसहित मुम्बई जान लागेका थिए। उनीविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि सिआईबीको टोलीले उड्नै लागेको विमान नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। विमानमा अधिकां सुनचाँदी व्यवसायीहरु रहेको प्रहरीको भनाइ छ। उनीहरु मुम्बई भ्रमणमा जान लागेको स्रोतको भनाइ छ।

‘मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानमा शंकास्पद् व्यक्ति रहेको सूचना पाएका थियौं। उनीविरुद्ध कैलाली प्रहरीमा जाहेरीसमेत परेको रहेछ। उड्नै लागेको विमानलाई नियन्त्रमा लिएर सन्तोष लामिछानेलाई नियन्त्रमा लिएका छौं। थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरीको उच्च स्रोतले भन्यो।

ती व्यक्ति अपराधिक गतिविधिमा आवद्ध रहेको भन्दै कैलाली प्रहरीको सूचनापछि विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए।

पक्राउ पर्नेमा धनगढी घर भएका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने र उनकी श्रीमती मीना लामिछाने रहेपनि प्रहरीले एक जना मात्र पक्राउ परेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनीहरूविरुद्ध ठगीको कसुरमा जाहेरी परेको थियो। उनीहरूले भारतबाट सुन चोरेर बिक्री गर्ने गरेको आशंकामा कैलाली प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

उनीहरूलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली कैलालीमा नै खटिएको थियो। सोही टोलीले उनीहरू सुनचाँदी व्यवसायीहरूको टोलीसँग मुम्बई घुम्न जान लागेको थाहा पाएपछि प्रहरी प्रधान कार्यालयलाई सूचना दिएको थियो। सोही सूचनाका आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस