Latest News

असई चौलागाईले थुनुवा महिलालाई राति २ बजे सुत्ने कोठामा लगेर जब…

Nepalese Times August 2, 2022 (1 Year ago)    355 Views

काठमाडौं ।

बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रवीण चौलागाईं निलम्बनमा परेका छन् ।

४ दिनअघि प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई चौलागाईंलाई निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए ।

बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट निकालेर मध्यरातमा आफ्नो सुत्ने कोठामा लिएर असई चौलागाईंले यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले असई चौलागाईंलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । राति २ बजे सोधपुछका लागि भनेर महिलालाई आफ्नो सुत्ने कोठामा बोलाउनु नै गलत भएको अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस