Latest News

यस्ता छन् तुलसीको बिरुवाका ५ वटा स्वास्थ फाईदाहरु

Nepalese Times July 10, 2022 (1 Year ago)    1252 Views

काठमाडौं ।

धार्मिक अनि अध्यात्मिक रुपमा मात्र नभई बैज्ञानिक रुपमा पनि तुलसीको महत्व उत्तिकै रहेको छ । हरिवोधनी र हरिशयनी गरि दुईवटा एकादशी हरु पूर्णतः तुलसीको बिरुवाका लागि समर्पित एकादशी हरु हुन् । तुलसीको धार्मिक अनि सास्कृतीक मात्र नभई स्वास्थगत रुपमा पनि तुलसीको बिरुवाको ५ वटा उपयोगिताहरु यस्ता रहेका छन्।

१ छालाको चाँया पोतो हटाँउदछ र छाला स्वच्छ राख्दछ
यसमा अत्यन्त फाईदाजनक एन्टीव्याकटोरिएल क्लोभ आयल हुन्छ, यसमा भएको गुणले छालाको चाँया पोतोहरु हटेर जान्छ । नरिवलको तेलमा तुलसीको पातको लेप लगाएर छालामा लगाएमा सम्पूर्ण रुपमा छालाको निखार आउने गर्दछ ।

२ चिनीरोग अर्थात डायवेटिजबाट जोगाँउदछ
आजभोली हरेक उमेरसमुहका मान्छेहरुलाई चिनी रोगको समस्या देखिएको छ । हामीमध्य धेरैलाई थाहा नहुन सक्दछ कि तुलसीको प्रयोगले चिनीरोग पनि निर्मुल गर्न सक्दछ भनेंर । तुलसीमा एन्टी डायबेटिज एक्टीभिटी हुने गरेको पाइएको छ ।

यसले रगतमा ग्लुकोजको मात्रा अनि अस्वभावीक लिपीड प्रोफाइललाई पनि कम गर्ने गुण हुन्छ । अचम्मको कुरा त तुलसीको नियमीत प्रयोग गरेमा मेटाबोलीक क्रियाकलापका हानीका कारणले हुने अत्याधिक ग्लुकोजका नकारात्मक असरहरु मृगौला अनि कलेजो बिगार्न पनि दिँदैन् ।

३ क्यान्सर बिरुद्ध लड्न मद्धत गर्दछ
अध्यनहरुका अनुसार नियमित तुलसी सेवन गर्ने मान्छेहरुको शरीर तुलसी सेवन नगर्नेहरुको शरीरको तुलनामा क्यान्सर कोष निर्माण गर्ने जोखिममा हुँदैनन् । त्यसका साथै बिभिन्न केमीकल हरुको जान अन्जान प्रयोगले हुनसक्ने क्यान्सरबाट जोगिन समेत तुलसीले मद्धत गर्दछ ।

त्यसका साथै बिकिरणहरुको अनि परावैजनी किरणहरुको कारणले हुने क्यान्सरबाट पनि तुलसीले जोगाउने पाइएको छ । स्मरण रहोस् बिकिरणहरु लाई रोक्नका लागि सनातन सस्कारमा प्रयोग गरिने कुशको पनि भूमिका उल्लेखनीय रहेको पाइएको छ ।

पोषण र क्यान्सरसंग समबन्धीत जर्नलहरुका अनुसार त गएको ३० बर्षमा केमोथेरापी र रेडिएशन थेरापीले गर्न नसकेको असर तुलसीले क्यान्सर बिरुद्ध गरेको उल्लेख गरेको छ ।

४ ग्रन्थी अर्थात हार्मोनहरुलाई सन्तुलनमा राख्दछ
तुलसीले हार्मोन हरुलाई पनि सन्तुलनमा राख्ने भएकाले यसको शारीरीक र मानसिक दुबै तवरमा फाईदा रहेको पुष्टि हुन्छ । तुलसीलाई तसर्थ दैनिक खाना या चियाका रुपमा प्रयोग गर्न सल्लाह दिइन्छ ।

५ ज्वरो कम गर्दछ
तुलसीले हामीलाई व्याक्टोरिया अनि भाईरसबाट जोगाँउदछ । ज्वरो आएको बेला शरीरले बाहिरी संक्रमणका बिरुद्ध लडिरहेको हुन्छ, तुलसीमा यस संक्रमणबाट जोगिने तत्व हुने भएकाले नै परापूर्व कालदेखि नै ज्वरो आँउदा या संक्रमण हुँदा तुलसीको सेवन गर्ने चलन रहेको हुनसक्दछ ।

यसका अलावा भिटामिन के को पूर्ण भण्डार तुलसीलाई श्वासप्रश्वास समबन्धी रोगका लागि, दाँतको समस्याका लागि र आँखाको स्वास्थका लागि पनि प्रयोग गरिने चलन छ । त्यसैले नै होला तुलसीलाई बनस्पतीको रानी भनिएको । जनावरहरुको टोकाई देखि झाडापखाला सम्म तुलसीको प्रयोग हुन्छ ।

डाँठ देखि फूलसम्म प्रयोग हुने तुलसीको पात भनें सनातन सस्कारमा खानामा हालेर भगवानलाई अर्पण गरेर खाने चलन छ । जन्मिएको बच्चादेखि अन्तिम श्वाँस सम्म तुलसीको मठ अनि बिरुवाको महत्व छ, तुलसीको प्रयोगले जिवनमा सन्तुलन ल्याउन सफल हुनुहोस् भन्न चाह्यौं । हाम्रोपात्रोबाट

प्रतिक्रिया दिनुहोस