Latest News

लोडसेडिङ मेरो पालामा अन्त्य भएको हो, अरु धेरै उफ्रनु पर्दैनः केपी ओली

Nepalese Times May 7, 2022 (10 Month ago)    538 Views

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोडसेडिङ आफ्नो पालामा अन्त्य भएको दाबी गरेका छन् ।

नेकपा एमाले विराटनगरले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘मैले लोडसेडिङ अन्त्यका लागि सबै काम गरेँ तर पछि मयुरका प्वाँख लगाएर उनीहरूले प्रचार गरे ।’

यस्तै उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्युटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरेका छन् । आफ्नो पार्टी बाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै उनलेअसक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका डोढका लौरा टेकेर हिँडिरहेकोसमेत एमाले अध्यक्ष ओलीले बताए ।

उनले माधव नेपाललाई लक्षित गर्दै भने, ‘एमालेको टुप्पोमा बसेर १५ वर्षसम्म रस खाएका माधव नेपाल अहिले देउवाको भान्सामा बिरालो भएर पुगेका छन् । देउवाले भान्सामा पुगेको नेपाललाई आफूले देउवालाई भनेर एकरएक कचौरा दूध दिएपछि शान्त छन् ।’

गठबन्धन तोड्ने आफूले नचाहेको उल्लेख गर्दै ओलीले आफूले चाहेको भए पाँच वटा कचौरा खर्च गरेर काम तमाम गरिदिने चेतावनी दिए ।हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस