Latest News

भोलि सार्वजनिक बिदा

Nepalese Times May 2, 2022 (10 Month ago)    1062 Views

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार सार्वजनिक बिदा दिइएको छ।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो।

यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो।

नेपाल राजपत्रमा मिति २०७८।११।२६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस