Latest News

माओवादीका काठमाडौं महानगरपालिका वडाध्यक्ष उम्मेदवारसहित २२ जनाको टोली एमालेमा प्रवेश

Nepalese Times May 2, 2022 (3 Year ago)    944 Views

नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्य समेत रहेका काठमाडौं महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहितको २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ ।

उनीहरुलाइ नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौं जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले सोमबार टिका लगाएर पार्टी प्रवेश गराएका छन्।

पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वामआन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए। एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटीमा आवद्ध रहेका छन् भने बाँकी माओवादीको साधारण सदस्य रहेको काठमाडौं जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिए।

कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष शाक्यले पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताए।

केही दिन अघि मात्रै पनि नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल पनि एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस