Latest News

एमालेबाट पोखराको मेयरमा टिकट पाएका पौडेलले सुन चोरेको भिडियो सार्वजनिक (भिडियोसहित)

Nepalese Times April 24, 2022 (1 Year ago)    895 Views

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएको छ । मेयरमा उम्मेदवारी दर्ता गर्ने तयारी गर्दै गर्दा उनको भिडियो सार्वजनिक भएको हो ।

उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् ।

केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो । उनको सामाजिक सन्जालमा भिडियोसहित आलोचना भइरहेको छ । यसबारेमा बुझ्न खोज्दा पौडेल सम्पर्कमा आएनन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यस्तै पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर टिकट अस्वीकार गरेकी छिन् । आफूले कुनै पदमा आकांक्षा नराखेको र उम्मेद्वार बनाउँदासमेत आफूलाई नसोधेको उनको भन्दै उनले उपमेयरको टिकट अस्वीकार गरेकी हुन् ।

पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै उनले मेयरमा पनि दाबी नगरेको मान्छेले उपमेयरमा फेरि उठ्ने सोच नभएको बताइन् ।

उनी २०७४ सालको स्थानीय तह चुनावमा उपमेयर निर्वाचित भएकी थिइन् । हिजो बसेको एमालेको बैठकले उनलाई फेरि पनि उपमेयरमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले आज र भोलीका लागि बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ । विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले अहिले २ दिन राखिएको आयोगको भनाइ छ ।

यसले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन उम्मेदवारको सूची प्रकाशन गर्न नसकिएको सन्दर्भमा दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्नेछ ।

त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्ने आयोगले जनाएको छ । कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ ।

कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ । वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्क लाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस