Latest News

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यस्ता छन् एजेण्डा

Nepalese Times April 21, 2022 (2 Year ago)    739 Views

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको बोलाएका छन् । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ ।

शुक्रबार बस्ने बैठकमा महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन र स्थानीय तह निर्वाचन सम्बन्धमा सन्दर्भमा छलफल हुनेछ ।

काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

त्यस्तै नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) का आकांक्षीहरुको नाम सिफारिस गरेको छ।

कार्यसमितिले बिहीबार महानगर प्रमुखका लागि ५ जना र उपप्रमुखका लागि २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिका एक नेताले बताए ।

महानगर प्रमुखमा नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफरिस भएको छ ।

शाक्य महानगर कार्यसमिति सभापति, सिंह नेपाल महिला संघ काठमाडौंकी प्रमुख सल्लाहकार, वैद्य महानगर कार्यसमिति सचिव, खड्गी महानगरकी वर्तमान उपप्रमुख र रञ्जित महानगर कार्यसमिति सभापतिका प्रतिस्पर्धी हुन्।

महानगर कार्यसमितिले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमित प्रधान शाक्यको नाम सिफारिस गरेको महानगर उपसभापतिद्वय पुरुषोत्तम खकुरेल र सन्तकुमार महर्जनले जानकारी दिएका छन्।

काठमाडौं महानगरपालिकाको मेयरका लागि ५ जनाको नाम सिफारिस भए पनि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई मेयर बनाउन चाहेका छन् ।

प्रतिक्रिया दिनुहोस