Latest News

एमाले सचिवालय बैठक सकियो, महानगरपालिकाको मेयर र उपमेयरबारे के–के भयो निर्णय ?

Nepalese Times April 21, 2022 (1 Year ago)    726 Views

काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवारबारे छलफल सुरु गरेको छ । आज बसेको एमाले सचिवालय बैठकमा महासचिव शंखर पोखरेलले ७ वटै प्रदेशबाट सिफारिस भएर आएका नामहरुमाथि छलफल भएको हो ।

एमाल प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आजको बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका पालिकाका उम्मेदवारहरुबारे छलफल भएपनि निर्णय भने हुन सकेन ।

नेकपा एमालेले यहि बैशाख १० गते फेरि बैठक बसेर महानगरपालिका र उपमहानगरपवालिकाका प्रमुखर उपप्रमुखको उम्मेदवार चयन गर्ने निर्णय गरेको गुरुङले बताए ।

नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकामा उम्मेदवार चयन गरिसकेको छ । भरतपुर महानगरपालिकाको मेयर पदका लागि एमालेबाट उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिइसकेका छन् ।

उनलाई नेकपा एमालेले उक्त क्षेत्रको मेयरको रुपमा सर्वसम्वत उम्मेदवार सिफारिस गरेको थियो । बिहीबार सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र पेस गरेका छन्।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन्। यस्तै काठमाडौंसहित अरु महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरबारे पनि छलफल भइरहेको एमालेले जनाएको छ ।

यस्तै नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने भएको छ ।

केन्द्रीय सचिवालय बैठकमा भएको छलफल अनुसार गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने र त्यसमा एक सांसदमात्र तलमाथि हुँदा एमालेको सरकार बन्ने भएकाले प्रदेश सांसदलाई मेयर उम्मेदवार नबनाइने निर्णय भएको हो । मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम सिफारिस भएको छ ।

यस्तै बैठकले भोली नयाँ पार्टी केन्द्रीय कार्यलय उद्घान गर्ने कार्यक्रम तय गरेको छ । भोली पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले पार्टी केन्द्रीय कार्यलय उद्घआटन गर्न लागेको हो ।

भोली कार्यलय उद्घाटन कार्यक्रमकै अवसरमा एमालेले चुनावी घोषणापत्रसमेत सार्वजनिक गर्ने भएको छ । स्थानीय तहल लक्षित चुनावी घोषणापत्र सार्वजनिक गर्नेबारे पनि आजको बैठकले निर्णय गरेको गुरुङको भनाइ छ ।

यस्तै बैठकले सकारात्मक पक्षहरुसँग स्थानीय तहको चुनावमा सहकार्य गरेर अघि बढ्नेसमेत निर्णय गरेको छ । आवश्यकताका आधारमा विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा चुनावी तालमेल गर्नेबारे छलफल भएको गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस