Latest News

घटेर आयो पेट्रोलको मूल्य, प्रतिलिटर कति ?

Nepalese Times April 18, 2022 (2 Year ago)    1216 Views

काठमाडौँ – भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा करिब ४ रुपैयाँ घटेको छ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।

आयल निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ। यही मूल्यअनुसार सोमबार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ।

यसअघि १ अप्रिलमा आईओसीले नयाँ मूल्य सूची पठाएको थियो। निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको थियो  ।

नेपालमा हाल पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस