Latest News

सर्वोच्च पुगे सरकारले कारबाही गरेका गभर्नर अधिकारी

Nepalese Times April 17, 2022 (2 Year ago)    509 Views

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्। सरकारले गत चैत २५ गते गभर्नर पदबाट निलम्बन गरेपछि सोविरूद्ध उनी सर्वोच्च पुगेका हुन्।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको माग गरेका छन् ।

यस्तै गर्भनर महाप्रसाद अधिकारीको कारवाहीको बिरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीले आइतबार बैंक परिसरमा कालो ब्यानर झुण्डाएर कोणसभा गरेका छन्।

बैंकको केन्द्रीयलगायत सबै कार्यालयमा यसैगरी बिरोध गरिएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयको बिरोध गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बालुवाटारस्थित कार्यालयमा ब्यानर झुण्डाएर कोणसभा गरेको हो।

‘केन्द्रीय बैंक स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोकल्पित आरोपमा गर्भनर अधिकारीमाथि सुरु गरिएको कारबाही अबिलम्व फिर्ता गरे र संकटोउन्मूख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’, भन्ने नारासहितको व्यानर राखेर कोण सभा गरिएको केन्द्रीय समितीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस