Latest News

भद्रकुमारी घलेसहित श्रष्टा तथा कलाकारहरुलाई ‘अभियान साहित्य कलाकार समाज’को सम्मान

Nepalese Times April 17, 2022 (2 Year ago)    562 Views

काठमाडौं । साहित्य, कला र सँस्कृतिको जगेर्ना तथा प्रवर्ध्दन गर्ने उदेश्य लिएर स्थापना गरिएको ‘अभियान साहित्य कलाकार समाज’ ले अभिनन्दन कार्यक्रम गरेको छ ।

नयाँवर्षको अवसर पारेर समाजले भव्य सम्मान तथा अभिन्दन कार्यक्रम सम्पन्न गरेको हो । बृहत् साहित्य कविता गोष्ठी तथा सम्मान अभिनन्दन कार्यक्रम २०७९ू नाम दिएको उक्त समारोह यहि नवबर्ष २०७९ साल बैशाख ३ गते भक्तपुरको लोकन्थली स्थित दिब्यश्वरी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

बरिष्ठ साहित्यकार तथा समाजसेवी ९२ बर्षिय भद्रकुमारी घले प्रमुख अतिथि रहेको समारोहमा मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य आउने भनिए पनि अस्वस्थताका कारण अन्तिम समयमा आउन सककनन् ।

कार्यक्रममा मोदनाथ प्रश्रित, राम कुमार पाँडे,अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मि भुषाल,राज्यलक्ष्मि नकर्मी र भद्र कुमारी घले सहित ८ जना विशिष्ट ब्यक्तितहरुलाई सँस्थाकोतर्फ बाट अभिनन्दन गरिएको थियो ।

त्यसैगरि कलाकारतर्फ योगदान पुर्याउने रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित, साहित्यकारहरु गोबिन्द घिमिरे ‘बेदमणी’, रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, समाजसेवी महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी रङ्ग पत्रकार कृष्ण भट्टराई, फोटो पत्रकार नवराज वाग्ले सहित २१ जना ब्यक्तित्वलाई पनि उक्त समारोहमा सम्मान गरिएको कुरा कार्यक्रम मुल आयोजक समितिका सँयोजक तथा सँस्थाका सचिव, कलाकार घनश्याम गौतमले जानकारी दिए ।

अबदेखि प्रत्येक बर्ष सँस्थाले कलाकारिता, साहित्य तथा समाजसेवा मा योगदान पुर्याउने ३ जना ब्यक्तित्वलाई सम्मान गरिने र कलाकार तथा साहित्यकारको हक हित र सँरक्षण तथा प्रवर्धनमा विशेष योजना ल्याएर सक्रिय काम गर्ने अध्यक्ष पशुपति दंगालले बताए ।

भविश्यमा सबै प्रदेशहरुमा सँस्थालाई बिस्तार गरि देशैभरीका साहित्यकार तथा कलाकारहरुको एउटै नेटवर्क बनाएर विभिन्न योजना तथा कार्यक्रम तयार गरिने भएको छ ।

बैशाख ३ गते सम्पन्न बृहत साहित्य कविता गोष्ठी तथा सम्मान अभिनन्दन कार्यक्रममा गीत गायन नृत्य तथा कविता गजलहरुको पनि प्रस्तुति रहेको थियो । कार्यक्रमको पूरा कार्यक्रम ‘लाईफ ओके टेलिभिजन’ बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सँस्थाले स्थापना भएको छोटो समयमै यत्रो भब्य कार्यक्रम गर्न सफल भएकोमा अतिथिहरुले बधाई तथा सँस्थलाई सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमा स्वागत मन्तब्य राख्दै सचिब घनश्याम गौतमले बासुरी बादक बिजय कुमार दर्लामी मगरको बाँसुरि को धुनबाट सबैलाई स्वागत गरेका थिए ।

सँस्थाका सँरक्षक डम्बर घिमिरेले बिदाई मन्तब्यमा ठुलो आँट र हिम्मतले यो कार्यक्रम गरेको र सबै मिलेर यसलाई सफल बनाएकोमा सम्पुर्णलाई धन्यवाद दिए ।

संस्थाका उपाध्यक्षले आमा शीर्षकको गीत गाएर सबैलाई मन्त्र मुग्ध पारेका थिए । दुई सयभन्दा बढि दर्शकको उपष्थिति रहेको उक्त कार्यक्रममा सभालाई समापन गर्दै सँस्थाका अध्यक्ष तथा सभापति पशुपति दँगालले कार्यक्रममा सहयोग गर्नेलाई सबैलाई धन्यवाद दिए ।

कार्यक्रमको प्रमुख अतिथि भद्रकुमारी घलेले अहिलेको समयमा ३ दर्जन भन्दा बढि ब्यक्तित्वलाई अभिनन्दन तथा सम्मान गर्नु चानचुने कुरा नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस